Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार १०:४८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघ्यो 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार १०:४८:००

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय नौ पुगेको छ भने चार हजार ६७ संक्रमित भएका छन् ।  संक्रमितमध्ये दुई सय ९१ जना निको भएका छन् । 

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ६ सय ९० जना संक्रमित भएका छन्, ४५ जनाको मृत्यु भएको छ । तमिलनाडुमा पाँच सय ७१ संक्रमित छन् र मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दिल्लीमा संक्रमितको संख्या पाँच सय तीन रहेको र अहिलेसम्म सातजनाको मृत्यु भएको छ । तेलगांनामा तीन सय २१ संक्रमित भएको पुष्टि भएको छ, त्यहाँ पनि सातजनाको मृत्यु भएको छ । 

र, भारतमा सबैभन्दा पहिला भाइरसको संक्रमण देखिएको केरला राज्यमा दुईजनाको मृत्यु भएको छ भने तीन सय १४ जना संक्रमित भएका छन् । 

कोरोना भाइरसविरुद्धको लडाइँमा एकता जनाउन घरघरमा बत्ती बाल्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेकाे आग्रहमा आइतबार बेलुका नौ बजेर नौ मिनेटमा भारतभर बत्ती बालिएको थियाे । 

विश्वभर भाइरस संक्रमणबाट ६९ हजार तीन सयको मृत्यु भएको छ भने १२ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् ।