मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार ०९:३०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

काेराेना अपडेट : महामारीको रुप लिएका देशमा नयाँ संक्रमितको संख्या घट्दै 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार ०९:३०:००

अमेरिकापछि काेराेना संक्रमित बढी देखिएको स्पेनमा नयाँ संक्रमितकाे संख्यामा लगाचार चौंथो दिन पनि घटेकाे छ नयाँ संक्रमितको संख्यामा कमी आएको छ । त्यस्तै पाचौँ नम्बरमा रहेको फ्रान्समा पनि लगातार तेस्रो दिनमा नयाँ संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

१ अप्रिलमा स्पेनमा ८ हजारभन्दा बढी नयाँ संक्रमित एकै दिन फेला परेका थिए । त्यसदिनदेखि नयाँ संक्रमितको संख्यामा लगातार कमी आएको हो । आइतबार (५ अप्रिल) स्पेनमा नयाँ संक्रमित हुनेको संख्या लगातार घट्दै ५ हजार ४ सय ७८ मा झरेकाे छ ।

त्यस्तै फ्रान्समा पनि लगातार दुई दिनयता नयाँ संक्रमितको संख्यामा कमी आएको छ । अप्रिल ३ मा एकै दिन २३ हजार संक्रमित देखिएको फ्रान्समा ४ अप्रिलमा सात हजार र आइतबार (५ अप्रिल) मा  दुई हजारमात्रै नयाँ संक्रमित पाइएका छन् । इटालीमा दैनिक नयाँ संक्रमितको संख्या २८ मार्चयता ४ हजारभित्र रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा पहिलो पटक आइतबार नयाँ संक्रमितको संख्या घटेको छ । अमेरिकामै सबैभन्दा बढी संक्रमित देखिएको न्युर्योकमा शनिबार ६ सय ३० नयाँ संक्रमित फेला परेका थिए भने आइतबार त्यो संख्या घटेर ५ सय ९४ मा झरेको छ ।

निक ज्यान गुमाउनेको संख्या घट्यो 

इटालीमा लगातार ३ दिनयता दैनिक ज्यान गुमाउनेको संख्या पनि घट्दै आइरहेको छ । इटालीमा ३ अप्रिलमा मृत्यु हुनेको संख्या सात सय ६६ थियो, भने ५ अप्रिलमा पाँच सय २५ पुगेको छ । 

स्पेनमा पनि अप्रिल तीनबाटै मृतकको संख्यामा कमी आएको छ । अप्रिल २ मा स्पेनमा नाै सय ६१ ले ज्यान गुमाएका थिए, भने अप्रिल ५ मा ज्यान गुमाउनेको संख्या ६ सय भित्र छ ।

अप्रिल २ मा १३ सयबढीले ज्यान गुमाएको फ्रान्समा लगातार तेस्रो दिनमा पनि मृतकको संख्या घटेको छ । अप्रिल ५ मा ज्यान गुमाउनेको संख्या ५ सय १८ मा झरेको छ । विश्वभर संक्रमित हुनेको संख्या १२ लाख ७३ हजार पुगेको छ । भने मृत्यु हुनेको संख्या ६९ हजार ४ सय पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ६२ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । यसअनुसार संक्रमितको निको हुने दर करिब ८० प्रतिशत रहेको छ  ।