१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २४ सोमबार ०८:१४:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २४ सोमबार ०८:१४:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा उक्त सहयोग प्रदान गर्ने भएको हो । 

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जनाएको छ ।