मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७६ चैत २४ सोमबार ०६:४७:००
Read Time : > 1 मिनेट
खेलकुद

कोरोना भाइरसले बिथोल्यो सिल्भाको बिदाइ

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७६ चैत २४ सोमबार ०६:४७:००

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले यसअघि नै इत्तिहाद छाड्ने घोषणा गरिसकेका छन् । म्यानचेस्टर सिटीमा १० वर्ष बिताएपछिको उनको पछिल्लो सम्झौता आगामी जुनमा सकिँदै छ । 

आफ्नो सम्झौता सकिनुअघि गत सेप्टेम्बरमै उनले नयाँ सिजनका लागि म्यानचेस्टर सिटी छाड्ने घोषणा गरेका थिए । त्यसअनुसार सिटीले पनि आगामी १७ मेमा इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा सिल्भाको भव्य बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो ।

कोरोना भाइरस महामारीका कारण इंग्लिस प्रिमियर लिगको जारी सिजन यत्तिकै टुंगिने सम्भावना बढेपछि डेभिड सिल्भाको बिदाइको कार्यक्रमसमेत बिथोलिएको छ। 

तर, कोरोना भाइरस महामारीका कारण इंग्लिस प्रिमियर लिगको जारी सिजन यत्तिकै टुंगिने सम्भावना बढेपछि उनको बिदाइको कार्यक्रमसमेत बिथोलिएको छ । भाइरस संक्रमणको डरका कारण तत्कालका लागि स्थगित भएको इंग्लिस प्रिमियर लिग फेरि सुरु हुने सम्भावना न्यून देखिएको छ । 

विश्वभर भाइरस संक्रमण तीव्र बन्दै जाँदा इंग्लिस लिग फेरि सुरु हुने सम्भावना पनि न्यून बन्दै गइरहेको छ । लिग सुचारु नभएको अवस्थामा उनको बिदाइ पनि नहुने निश्चितजस्तै छ । सिटीले आफ्नै मैदानमा आगामी १७ मेमा नर्बिच सिटीसँग खेलेर सिजनको अन्त्य गर्दै थियो । 

घरेलु मैदानको त्यो खेल सिल्भाको बिदाइका लागि उपयुक्त अवसर पनि हुने थियो । कोरोना भाइरसले सिटी र सिल्भा दुवैको योजना बिथोलिदिएको हो । त्यही सम्भावनाबीच क्लब पदाधिकारीहरूले सिल्भाको बिदाइका लागि अन्य कुनै योजना बनाउन सुरु गरेको सन्डे मिररले जनाएको छ ।

सिल्भा सन् २०१० मा सिटीसँग अनुबन्धित भएका थिए । स्पेनलाई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको फिफा विश्वकपको उपाधि दिलाएर फर्किएलगत्तै उनी सिटीसँग अनुबन्धित भएका थिए । सिल्भा भिœयाउन सिटीले स्पेनी क्लब भ्यालेन्सियालाई मात्रै २ करोड ६० लाख मिलियन पाउन्ड तिरेको थियो । 

यद्यपि, पछिल्लो एक दशकमा उनले क्लबले आफूमाथि गरेको लगानीबराबरको योगदान दिएका छन् । उनको योगदानमा सिटीले चारपटक इंग्लिस प्रिमियर लिग, दुईपटक एफए कप र पाँचपटक लिग कपको उपाधि जितेको छ ।