मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २३ आइतबार १९:५४:००
Read Time : < 1 मिनेट
समाचार

बाग्लुङकी कोरोना संक्रमित महिलाका परिवारका चारैजनामा कोरोना नभएको पुष्टि

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १९:५४:००

नेपालको छैटाैँ तथा बाग्लुङकी दोस्रो कोरोना संक्रमित ६५ वर्षीया महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बाग्लुङ नगरपालिका–३ गौँडाकोटस्थित आफ्नै घरमा बस्दै आएकी संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमणको पुष्टि भएपछि शुक्रबार धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर संक्रमित महिलाका ८८ वर्षीय ससुरा, कान्छी बुहारी र दुई नाति गरी चारजनाको स्वाब संकलन गरेर शनिबार बिहान परीक्षणका लागि पोखरा पठाइएको थियो ।

यसअघि नेपालका पाँचौँ संक्रमित बाग्लुङ नगरपालिकाकी किशोरीको परिवारका सातजना सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।