१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल
२०७६ चैत २३ आइतबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार

चन्दननाथले स्थापना गर्‍यो एक करोडको कोरोनाविरुद्धको विपत् कोष

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १९:३२:००

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जुम्लाको चन्दननाथ नगरपालिकाले एक करोडको विपत् कोष स्थापना गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपत् कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् । त्यसैगरी नगरपालिकाले कोरोनाविरुद्धको विपत् कोषका लागि नगरपालिकामातहतका सबै कर्मचारीले एक दिनको तलब र नगर कार्यपालिका सदस्यले दुई दिनको बैठक भत्ता जम्मा गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समपूरक कोष र लक्षित वर्गको विनियोजित बजेट रकमान्तर गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । यस्तै श्रमिक, मजदुर तथा विपन्न नागरिकको पहिचान र लगत संकलन गरी राहतस्वरूप दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यसैगरी जुम्लाका अन्य स्थानीय तहले पनि कोरोनाविरुद्धको विपत् कोष स्थापना गरेका छन् । पातारासीले १० लाख, तातोपानीले आठ लाख, तिलाले १० लाख, हिमाले १० लाख र सिँजा गाउँपालिकाले १५ लाख रुपैयाँको विपत् कोष स्थापना गरेका हुन् ।