१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २३ आइतबार २२:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भैरहवामा कोरोना परीक्षण सुरु, पहिलो रिपोर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार २२:०४:००

प्रदेश ५ को भैरहवामा कोरोना भाइरस (कोभिड– १९) परीक्षण सुरु भएको छ । आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो । पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

मुख्यमन्त्रीद्वारा अवलोकन
 प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा पोखरेलले प्रयोगशालालाई प्रदेशकै अत्याधुनिक स्वास्थ्य प्रयोगशाला बनाउने गरी काम गर्न निर्देशन दिए । 

प्रयोगशाला हाललाई कोरोना भाइरसको परीक्षणका लागि भए पनि प्रदेशमा पूर्ण क्षमताको जनस्वास्थ्य प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भएको प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनिकस्तरको स्वास्थ्य प्रयोगशालाको रूपमा अघि बढाउने गरी काम भएकोले सञ्चालनमा केही दिन ढिला भएको बताए ।