Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ माघ ९ बुधबार ०८:५१:००
Read Time : < 1 मिनेट
खेलकुद

रोनाल्डोलाई २३ महिना जेल र १८ मिलियन जरिवाना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ ९ बुधबार ०८:५१:००

स्पेनको एक क्षेत्रीय अदालतले करछली आरोपमा रियल म्याड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोलाई २३ महिना जेल र १८.५ मिलियन युरो जरिवाना गर्ने फैसला गरेको छ । यद्यपि पोर्चुगिज स्टार रोनाल्डोले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार पहिलोपटक अहिंस्रक अपराधको दोषीलाई दुई वर्षसम्मको जेल सजाय लागू हुँदैन् । रोनाल्डो करछलीसम्बन्धी मुद्दाकै कारण रियल म्याड्रिडसँग असन्तुष्ट रहँदै आएका थिए । जसका कारण उनले यसै सिजन रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्स यात्रा तय गरे ।

करछली आरोप स्वीकार
रोनाल्डोलाई यो सजाय २०११ देखि २०१४ सम्म करछली गरेको आरोप स्वीकारेपछि गरिएको जनाइएको छ । उजुरीकर्ताले रोनाल्डोले करिब १४.७ मिलियन युरो करछली गरेको दाबी गर्दै आएका थिए । यद्यपि रोनाल्डोले पुनः अपिल गरेपछि यो आँकडा घटाएर करिब ५.७ मिलियन युरो कायम गरिएको थियो ।

मिडियाबाट बचाउने प्रयास 
रोनाल्डोलाई कोर्टमा उपस्थित गराउँदा उनका वकिलले मिडियाले प्रयोग गर्न नपाउने मार्ग प्रयोग गर्न दिन आग्रह गरेका थिए । तर, जजले उक्त आग्रह अस्वीकार गरे । जसका कारण रोनाल्डो टाइमभन्दा निकैअघि नै कोर्टमा पुगेको जनाइएको छ । उनी पत्रकार र प्रशंसक पुग्नुअघि नै म्याड्रिड कोर्ट पुगेका थिए । उनी स्पेनिस फुटबल टिमका सदस्य जाबी अलोंसाका साथमा म्याड्रिड कोर्ट पुगेका थिए ।