१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार १४:१३:००
Read Time : < 1 मिनेट
समाचार

अहिलेको संकटमा नेपाल र नेपालीलाई जोगाउन एक भएर लाग्न देउवाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार १४:१३:००

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संकटमा नेपाली र नेपाललाई जोगाउन एक भएर अघि बढ्न आग्रह गरेका छन् । 

उनले आइतबार यसबारे पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन संवादसमेत गरेको जनाएका छन् ।  

देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेज र ट्विटरमा स्ट्याटस लेख्दै अहिलेको संकटबारे पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा संवाद गरेको जानकारी दिएका छन् । 

देउवाले कोरोना भाइरसले उत्पन्न गरेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ भनी अपिलसमेत गरेका छन् ।