मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:३६:००
Read Time : > 1 मिनेट
खेलकुद

एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली टिम युएई प्रस्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:३६:००

नेपाली राष्ट्रिय क्रिकेट टिम युएईविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि युएई प्रस्थान गरेको छ । आगामी ११ माघबाट सुरु हुने सिरिजका लागि नेपाली राष्ट्रिय टिम मंगलबार युएई प्रस्थान गरेको हो ।

 सिरिज जित्ने लक्ष्य
नेपालले युएईविरुद्धको एकदिवसीय र टि–२० सिरिज जित्ने लक्ष्य लिएको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्यान्डसँग २ खेल खेल्दै सिरिज १–१ को बराबरी गरेको थियो । युएई विरुद्धको सिरिज नेपालका लागि दोस्रो हो । नेदरल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्दै औपचारिक रूपमा एकदिवसीय खेलमा डेब्यु गरेको नेपालले दोस्रो एकदिवसीय सिरिज जित्दै कीर्तिमान बनाउने लक्ष्य लिएको छ ।

सबैको नजर रहेको छ– कप्तान पारस
राष्ट्रिय टिमका कप्तान पारस खड्काले एकदिवसीय सिरिजमा विश्वका धेरै देशको चासो रहने भन्दै कुनै पनि देशविरुद्धको सिरिज आफैँमा महत्वपूर्ण हुने बताए । खड्काले अबको चार वर्ष नेपाली क्रिकेटले यस्तै प्रतियोगिताहरू खेल्दै अघि बढ्ने जानकारी दिए । उनले भने, ‘हामीले एकदिवसीय वरीयता पाउँदै छौँ । त्यसैले टेस्ट राष्ट्रविरुद्ध खेलको मौका बनाउन अब हरेक खेलमा अंक बढाउनुपर्ने जरुरी हुन्छ । त्यसका लागि युएईविरुद्धको सिरिजलाई महत्वपूर्ण रूपमा लिएका छौँ ।’ उनले टिमका लागि कुनै एक पक्षलाई मात्र दोष दिने समय अब नरहेको बताए । ब्याटिङ पक्ष कमजोर रहेकोतर्पm इंगित गर्र्दै उनले भने, ‘कुनै एक पक्ष मात्र कमजोर भयो भनेर हुँदैन । एक पक्ष कमजोर हुँदा अर्कोले समाल्नुपर्छ । अब कुनै एक पक्षलाई दोष लगाएर नेपाली क्रिकेट अगाडि बढ्दैन ।’

 युवा खेलाडीमा विश्वास छ– टमाटा
युएई प्रस्थान गुर्नअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले युएईसँगको खेल नेपाली क्रिकेटकै लागि महत्वपूर्ण हुने बताए । उनले भने, ‘युएईविरुद्धको सिरिज नेपालका लागि निकै अर्थपूर्ण छ । त्यसैले हामी यो प्रतियोगितामा जित्नकै लागि प्रतिस्पर्धा गर्नेछौँ ।’ उनले युवा खेलाडीका कारण नेपाल नयाँ उत्साहका साथ मैदान उत्रने बताए । टमाटाले भने, ‘हामीले योपटक धेरै युवा खेलाडीमा विश्वास गरेका छौँ । आशा छ उनीहरूले हामीलाई निराश बनाउने छैनन् ।’ उनले नेपाली क्रिकेटलाई उचाइ दिनका लागि पनि युवालाई मौका दिन जरुरी भएको बताए ।