१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:५७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमणबाट बच्न घरको सफाइमा ध्यान दिनुहोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:५७:००

कोरोना भाइररस (कोभिड–१९)को संक्रमणबाट बच्न प्रत्येक दुई घन्टाको अन्तरालमा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न सुझाब दिइरहेका छन् । तर, कोरोना भाइरस हावामा करिब ३ घन्टा रहन सक्ने भएकाले हाम्रोवरपरको हरेक वस्तुमा भाइरस रहन सक्छ । जस्तै, हावा, काठ, कपडा, धातु, प्लास्टिकजन्य जुनसुकै वस्तुमा भाइरस जीवित रहन्छ । तसर्थ, भाइरसको संक्रमणबाट बच्न आफूसँगै घरको सरसफाइ पनि उत्तिकै आवश्यक हुन्छ । अब जानौँ कहाँकहाँ सफाइ गर्ने :

  • भान्साकोठा र बाथरुम सबैभन्दा धेरै कीटाणु उत्पादन हुने ठाँउ हुन् । यसका लागि कीटाणुनाशक औषधिको प्रयोग गरेर भान्साकोठा र शौचालय नियमित सफा गर्नुपर्छ । 
  • खाना पकाएपछि लगत्तै पकाउने ठाउँ अनिवार्य सफा गर्नुपर्छ । त्यस्तै, भाँडाकुँडा सफा गरेर घाममा सुकाएर राख्दा कीटाणु मर्न सक्छन् । 
  • चुलो, फ्रिज, भाँडा धुने मेसिन, भाँडा राख्ने ठाउँ, सफा गर्ने कपडा आदि भान्साका सामानसमेत कीटनाशकको प्रयोग गरेर सफा गर्नुपर्छ । 
  • घरमा राखिएका फर्निचर, नियमित प्रयोगमा आइरहने सेलफोन वा ल्यान्डलाइन फोन, झ्यालढोका वा यसमा जडान गरिएका ह्यान्डल, सिँढीमा प्रयोग भएका रेलिङ, बत्तिका स्विच वा प्लेट, किबोर्ड वा कम्प्युटर माउस, रिमोट, गेम कन्ट्रोलर आदि सामान दिनहुँ सफा गर्नुपर्छ । 
  • सामानहरू सफा गर्न इथाइल अल्कोहलयुक्त स्यानिटाइजर, भिनेगर वा दिनहुँ प्रयोगमा ल्याइने अन्य कीटनाशक औषधिजन्य वस्तुको प्रयोग गर्न सकिन्छ । 
  • रोग नियन्त्रण केन्द्र (सिडिसी)का अनुसार घरको पूर्ण सरसफाइ गर्ने र पर्याप्त भन्टिलेसनको व्यवस्था गरेर घरमै बस्दा कोरोना संक्रमणको जोखिम कम हुन्छ ।