१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत २३ आइतबार १०:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण राखिन्छ कोरोना संक्रमितलाई भेन्टिलेटरमा

Read Time : > 1 मिनेट
२०७६ चैत २३ आइतबार १०:४६:००

डा. विश्वनाथ कोइराला, कन्सल्ट्यान्ट फिजिसियन, ओम अस्पताल

शरीरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुँदा एक्कासि फोक्सोमा असर पुग्ने कारण निमोनिया हुने गर्छ । जसले गर्दा रक्तचाप, श्वासप्रश्वास र अक्सिजन प्रवाहमा समस्या उत्पन्न हुन्छ। 

फोक्सोमा संक्रमण हुँदा श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अंगमा अक्सिजनको कमी हुन जान्छ । यसपछि बिस्तारै शरीरका अंगहरूले काम गर्न नसक्ने भएकाले बिरामीको मृत्यु हुने जोखिमसमेत रहन्छ । तसर्थ, शरीरमा अक्सिजनको आपूर्ति सहज बनाउन कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखी उपचार गरिन्छ । 

कोरोना संक्रमणले फोक्सोको दुवैे भागमा एकैपटक असर पार्ने, श्वासप्रश्वासमा समस्या आउने, छाती दुख्ने र निमोनिया हुनेजस्ता जटिलता सिर्जना गर्छ । कोरोना संक्रमणको उपचारका लागि हालसम्म कुनै औषधि उपलब्ध नभएकाले बिरामीलाई केही हदसम्म सामान्य अवस्थामा ल्याउन भेन्टिलेटर निकै आवश्यक हुन्छ ।

कस्ता कस्ता बिरामधीलाई राख्ने ?

भेन्टिलेटर एउटा मेसिन हो, यसलाई मेकानिकल भेन्टिलेटर पनि भनिन्छ । अस्पतालमा अप्रेसन थिएटर र आइसियूमा रहेका बिरामीलाई सामान्यतया शरीरमा अक्सिजन सहज बनाउन भेन्टिलेटरमा राखिन्छ । शरीरमा आउने कुनै गडबडीका कारण श्वास फेर्न गाह्रो भएमा बिरामीलाई भन्टिलेटरमा राखिन्छ । 

कोरोना भाइरस संक्रमणको उपचारका लागि हालसम्म कुनै औषधि उपलब्ध नभएकाले बिरामीलाई केही हदसम्म सामान्य अवस्थामा ल्याउन भेन्टिलेटर निकै आवश्यक हुन्छ ।

सामान्यतया स्वस्थ व्यक्तिले वातावरणमा भएको अक्सिजन लिन्छ र शरीरलाई नचाहिने तत्व कार्बनडाइअक्साइड बाहिर फाल्छ । कतिपय अवस्थामा शरीरमा कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर श्वासप्रश्वासमा गडबडी आउने गर्दछ । यस्तो अवस्थामा शरीरलाई आवश्यक अक्सिजन प्रदान गर्न र शरीरबाट उत्पादित कार्बनडाइअक्साइड बाहिर फाल्न बिरामीलाई भेन्टिलेटरमा राखिने गरिन्छ । 

कहिले निकाल्ने ?

- बिरामी आफैँले श्वास फेर्न सक्ने अवस्थामा अर्थात् निमोनिया उपचार गरेर निको भएपछि बिरामीलाई भेन्टिलेटरबाट बाहिर निकालिन्छ । 

- संक्रमणको औषधि नभएको अवस्थामा शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लडेर निको नहुन्जेलसम्मका लागि भेन्टिलेटरले सहयोगीका रूपमा काम गर्दछ । 

- भेन्टिलेटरमा सिकिस्तखालको बिरामीलाई मात्र राखिने, भेन्टिलेटरमा राखिएको मानिस बाँच्ने सम्भावना कम हुने र निको भएको व्यक्तिलाई पनि भेन्टिलेटरबाट निकालेपछि मांशपेसी कमजोर हुने वा स्वास्थ्य समस्या देखा पर्छ जस्ता धारणा आममानिसमा पाइन्छ । जुन गलत हो । 

- भेन्टिलेटर एक उपचार पद्धति हो, जसले शरीरमा अक्सिजनको सहज आपूर्ति गराएर रोगका कारणले हुने थप क्षतिबाट बचाउँछ ।