Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २३ आइतबार १०:३७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कुकुरबाट सर्छ क्यानाइन कोरोना भाइरस !

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १०:३७:००

डाक्टरको सल्लाह : डा.गणेश पन्त

सन् १९७१ मा जर्मनीमा क्यानाइन कोरोना भाइरस पहिलोपटक देखिएको थियो । उक्त भाइरस कुकुरमा देखिएको थियो । मानिसमा देखिने कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ भने क्यानाइन कोरोनाले कुकुरको आन्द्रामा गर्ने गर्छ । 

- कुकुरमा वान्ता आउनु, झाडापखाला लाग्नु, आन्द्रामा घाउ हुनु क्यानाइन कोरोनाका लक्षण हुन् । जुन अहिलेको कोराना भाइरसभन्दा केही भिन्न छन् । ज्वरो आउनु, रुघाखोकी लाग्नु, सास फेर्न गाह्रो हुनु कोभिड–१९ का लक्षणमा पर्छन् । 

- कोभिड–१९ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भाइरस हो । क्यानाइन कोरोना कुकुरबाट कुकुरमै सरे पनि अन्य जनावरमा नसरेको कारण यसले त्यति विकराल स्वरूप लिन सकेन । क्यानाइन कोरोना भाइरसको निदानमा पनि लामो समय लागेन । उक्त, भाइरसको भ्याक्सिन हाल पनि नियमित रूपमा कुकुरहरूमा लगाइने गरेको छ । 

- क्यानाइन पशुबाट मानिसमा नसरे पनि कोभिड–१९ पशुबाट मानिसमा सरेको भाइरस हो । हङकङमा केही पाल्तु जनावरमा मानिसबाट सरेको समाचार पनि आए । यसरी मानिसबाट जनावर र जनावरबाट मानिसमा स-यो भने यो खतराको सूचक हो । 

यस्तो सतर्कता

  • मानिस विवेकशील प्राणी हो । तर, जनावरमा मानिसमा जस्तो चेतना हुन्न । उनीहरूमा अनुकूल वा प्रतिकूल समयमा कसरी व्यवहार गर्नुपर्छ भन्ने पनि हुँदैन । यसकारण पनि हामी आफैँले नै सतर्कता भने अपनाउन जरुरी छ । 
  • विशेषत : पाल्तु जनावर आफ्नो मालिक देखेपछि उनीहरूलाई आफ्नो अभिभावकजस्तै महसुस गर्ने हुन्छन् । वर्तमान परिस्थितिमा सकेसम्म पाल्तु जनावरलाई टाढा राख्न हामी आफैँ नै अग्रसर हुनुपर्छ । उनीहरूलाई ‘केज’मै राख्नु उचित हुन्छ ।