१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका पाल्पा
२०७६ चैत २३ आइतबार ०७:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना आशंकामा तीनजनाको स्वाब परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका पाल्पा
२०७६ चैत २३ आइतबार ०७:५४:००

जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनको आइसोलेसनमा उपचाररत तीनजना बिरामीको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको छ । तीनैजनामा कोभिड– १९ को लक्षण देखिएकाले परीक्षणका लागि स्वाब पठाइएको अस्पताल प्रशासनले जनाएका छन् ।

तीनजनामा बगनासकाली गाउँपालिकाका २० वर्षीय एक पुरुष र माथागढी गाउँपालिका– २ झडेवाका दुईजना छन् । २० वर्षीय पुरुषको स्वाब उनको घरबाटै संकलन गरिएको हो । जनप्रतिनिधि र अस्पतालका प्रमुख डा. पुष्प ज्ञवालीले घरमै पुगेर उनलाई जाँचेका थिए । 

हाल उनलाई अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । १० चैतमा भारतको मुम्बैबाट आएका उनमा उच्च ज्वरो देखिएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररतमा पनि उच्च ज्वरो र रुघाखोकी नियन्त्रणमा आएको छैन । दुवैजनाले विदेशीहरू आवतजावत गर्ने एक होटेलमा काम गरेकाले संक्रमणको आशंका गरी परीक्षणमा पठाइएको कलेजका निर्देशक डा. राजु शाक्यले बताए ।