मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीले चलाएको गोली लागेर सप्तरीमा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:२५:००

प्रहरीले चलाएको गोली लागेर सप्तरीमा  एकजनाको मृत्यु भएको छ ।  बुधबार बिहान रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको मोटरसाइकलाई रोक्न खोज्दा मोटरसाइकलमा आएका दुई व्यक्तिले प्रहरीलाई फायरिङ गरेपछि   प्रहरीको जवाफि फायरिङबाट मोटरसाइकल चालक  दीपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि बसेका एक व्यक्ति भने भागेका छन् । 

 प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्र चाैधरीले  एक राउण्ड फायरिङ गरेको र  प्रहरीले पनि जवाफि फायरिङ गर्दा  उनकाे घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए । 

मोटरसाइकलमा आएका  समुहकाे गोली प्रहारपछि  एक प्रहरी हवल्दार घाइते भएका छन् ।