Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २२ शनिबार २१:३५:००
Read Time : < 1 मिनेट
अर्थ

बागमती प्रदेश सरकारलाई उद्योग परिसंघको खाद्यान्न

Read Time : < 1 मिनेट
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २२ शनिबार २१:३५:००

उद्योग परिसंघले बागमती प्रदेश सरकारलाई खाद्यान्न प्रदान गरेको छ । परिसंघ बागमती प्रदेश समितिले प्रदेश सरकारलाई शनिबार १० हजार किलो खाद्यान्न प्रदान गरेको हो ।

परिसंघका प्रदेश संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेललगायतले मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलोका दरले एक हजार प्याकेट खाद्यान्न प्रदान गरेका छन् । लकडाउनका कारण कामविहीन भएकाहरू समस्यामा परेकाले उनीहरूलाई वितरण गर्ने गरी प्रदेश सरकारलाई खाद्यान्न प्रदान गरिएको परिसंघका प्रदेश संयोजक घिमिरले बताए ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूलाई सरकारमार्फत नै खाद्यान्न वितरण गर्दा उपयुक्त हुने देखिएकाले खाद्यान्न प्रदेश सरकारलाई प्रदान गरिएको घिमिरेको भनाइ छ । मुख्यमन्त्री पौडेलले दैनिक जीवनयापन गर्न समस्या भएकाहरूलाई व्यवस्थित ढंगले खाद्यान्न वितरण गरिने बताए ।

एउटा प्याकेटमा पाँच किलो चामल, दुई किलो चिउरा, एक किलो दाल, एक प्याकेट नुन र एक लिटर तेल रहेको परिसंघले जनाएको छ । मुख्यमन्त्री पौडेलले खाद्यान्न आजै राहत वितरण प्रदेश संयोजक रघुनाथ खुलाललाई हस्तान्तरण गरे । खुलालले खाद्यान्न प्रदेशका सबै जिल्लामा वितरण गरिने बताए । सरकारले राहत वितरणमा एकद्वार नीति अपनाउन भनेपछि सरकारमार्फत नै सहयोग सामग्री वितरण हुन थालेको छ ।