मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २२ शनिबार २१:२८:००
Read Time : < 1 मिनेट
समाचार

मनाङका सुरक्षाकर्मी, कैदीबन्दी र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार २१:२८:००

मनाङस्थित चामे गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाकर्मी, कैदीबन्दी र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । गाउँपालिकाले स्यानिटाइजर, मास्क र पिपिई वितरण गरेको हो । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । कोरोना भाइरसको संक्रमणबाट जोगिन गाउँपालिकाले अभियान चलाएकोसमेत घलेले बताए । उनका अनुसार मनाङस्थित जिल्ला प्रहरी कार्यालय मनाङ, सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङ र नेपाली सेनाको रणदल गुल्म मनाङलाई चार–चार थान पिपिई, पाँच–पाँच थान स्यानिटाइजर, तीन–तीन सय पिस माक्स सहयोग गरेको छ । सातजना कैदीबन्दीलाई सात थान स्यानिटाइजर वितरण गरिएको छ । 

साथै गाउँपालिकाले वडा नम्बर ३, ४ र ५ का स्थानीयलाई प्रतिव्यक्ति तीन–तीन पिस माक्स र एक–एक थान स्यानिटाइजर घरघरमै पुगेर कोरोनासम्बन्धी सचेतनासहित वितरण गरेको  सशस्त्र प्रहरी बल नेपाल ३२ नम्बर गुल्म हेडक्वार्टर मनाङका इन्स्पेक्टर सुवास थापाले बताए । उनका अनुसार गाउँपालिकाले अन्य वडामा पनि स्थानिटाइजर र माक्स वितरण गर्ने अभियानलाई तीव्रता दिने जनाएको छ । 

यस्तै मनाङको नारपाभूमि गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासोँ गाउँपालिकाले पनि कोरोनासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।