मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:१५:००
Read Time : < 1 मिनेट
साहित्य

कवि वेणु आचार्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:१५:००

प्रगतिशील कवि वेणु आचार्यको मंगलबार निधन भएको छ । लामो समयदेखि दमबाट पीडित ७८ वर्षीय आचार्यको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । 

धरान–१३ निवासी आचार्य पूर्वको वामपन्थी आन्दोलनका अगुवा पनि थिए । कवि आचार्यले गरिब, शोषित एवं पीडितहरूको पक्षमा कविता र मुक्तक लेखेका छन् । उनका ‘एक चोक्टा इतिहास’ कवितासंग्रह र ‘मुक्तकहरूको संग्रह’ प्रकाशित छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । आचार्यको मंगलबार नै इटहरीस्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको छ ।