मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २२ शनिबार १८:३१:००
Read Time : < 1 मिनेट
अर्थ

नगरपालिकाले नै किन्न थाल्यो तरकारी

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १८:३१:००

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनले हाटबजारसमेत नलागेपछि नगरवासीलाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउन लहान नगरपालिका आफैँले तरकारी खरिद गरी बेच्न थालेको छ ।
 
लहान नगरपालिकाको कृषि शाखाको संयोजनमा गाउँमा किसानबाट खरिद गरिएको तरकारी सरल मूल्यमा नगर क्षेत्रका उपभोक्तालाई बेच्न थालिएको हो । ‘नगरको कृषि शाखाको संयोजनमा सम्बन्धित वडा कार्यालयको समन्वयमा गाउँमा जम्मा गरिएको तरकारी बजारमा ल्याएर बेच्न थालेका छौँ,’ नगर प्रवक्ता राजकुमार साहले भने, ‘त्यसबाट उपभोक्ता पनि नठगिने र किसानको  पनि लगानी डुब्दैन ।’

कृषि शाखा संयोजक तथा लहान नगरपालिका- ९ का वडाध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार नगरको मुख्य मानिने राममन्दिर क्षेत्र, राधाकृष्ण चोक, ग्रामीण चोक, अस्पताल चोक र पूर्व–पश्चिम सडकको सहिद चोकमा नगर प्रहरीको सहयोगमा तरकारी बेच्न थालिएको छ । ‘तरकारी किन्न आउनेहरूलाई तीन फिट दूरी कायम गरेर दिने गरेका छौँ,’ संयोजक चौधरीले भने ।

लकडाउनको अवधिमा किसानबाट तरकारी खरिद, बिक्रेता परिचालनका लागि नगर कार्यपालिकाको बैठकले सात लाख रुपैयाँ बजेट छुट्याएको संयोजक चौधरीले बताए ।