मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रेम दिवसको तिम्रो छेउ सरूँ कि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:५४:००

प्रेम दिवस फिल्ममा समावेश ‘तिम्रो छेउ सरूँ कि म’ बोलको गीत सोमबार सार्वजनिक गरियो । योगेश घिमिरे निर्देशित प्रेमकथानक फिल्मको गीत सोमबार राजधानीमा प्रेसमिट गरी प्रदर्शन गरिएको हो । 

अञ्जु पन्तले गाएको गीतमा महाराज थापाको शब्द र संगीत छ । कार्यक्रममा निर्देशक योगेशले निकै मिहिनेतका साथ फिल्म निर्माण गरेकाले सफल हुने आशा व्यक्त गरे । अभिनेत्री प्रियंका कार्कीले आफूलाई यो गीत पहिलोपटक सुन्दा नै निकै सुमधुर लागेको बताउँदै आमदर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । अभिनेता आयुष्मान देशराज श्रेष्ठले प्रेम दिवस साँच्चै नै राम्रो फिल्म बनेको बताउँदै निर्देशक योगेश तथा फिल्म युनिटको तारिफ गरे । 

इलामको सन्दकपुरमा खिचिएको फिल्ममा प्रियंका, आयुष्मानका साथमा हेमन्त बुढाथोकी, सञ्जीव न्यौपाने, श्रीकृष्ण लुइँटेल, शिवशंकर रिजाल, विकास खरेललगायतले अभिनय गरेका छन् । सञ्जीव न्यौपाने निर्माता रहेको फिल्म ०७६ को जेठ ३ गते प्रदर्शन हुनेछ ।