मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

संगिनी सुईले यसरी रोक्छ गर्भ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:३८:००

संगिनी तीनमहिने सुई परिवार नियोजनको अस्थायी साधन हो । हरेक तीन महिनामा लगाइने भएर यसको नाम तीनमहिने सुई रहन गएको हो । एकपटक लगाएपछि तीन महिनासम्म ढुक्क हुने भएकाले यसलाई भरपर्दो अस्थायी गर्भनिरोधकको साधन मानिन्छ ।

प्रयोग

संगिनी सुई एक हर्मोनल साधन हो । जसले शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । महिलामा दुई किसिमका यौन हर्मोन हुन्छन्– एस्ट्रोजोन र प्रोजेस्टेरोन । महिनावारी भएको दोस्रो दुई हप्तामा बढी हुने प्रोजेस्टेरोन नामक हर्मोनलाई संगिनी सुईले रोकेर राख्छ । यसले पाठेघरको भित्री तहलाई पातलो बनाइदिने भएकाले गर्भ रहँदैन । 
 संगिनी सुईले डिम्बाशयलाई समेत रोकेर राख्ने भएकाले गर्भ रहने सम्भावना रहँदैन ।   प्रजनन अंग (पाठेघरको मुख)बाट निस्कने पानीलाई संगिनी सुईले बाक्लो बनाइदिन्छ, फलस्वरूप शुक्रकिट भित्र छिर्न पाउँदैन । 

फाइदा
गर्भनिरोधक अन्य चक्की प्रत्येक दिन खानुपर्ने भएकाले अरूलाइ थाहा हुन सक्छ । तर, संगिनी सुईको प्रयोगले गर्भनिरोधबारेको गोपनीयता कायम राख्न मद्दत पु-याउँछ । 
अन्य औषधि खाइरहनुपर्ने हुन्छ । यसर्थ, नियमित खान बिर्सने कारणले मात्रा छुट्न पनि सक्छ । संगिनी सुई एकचोटी लगाएर तिन महिनासम्म ढुक्क हुन सकिन्छ । 
 यसको प्रयोगले कहिलेकाहीँ महिनावारी बन्द हुन सक्छ । यसरी बन्द हुँदा रगत खेर नजाने भएकाले महिलालाई फाइदा पुग्छ । 
 संगिनी सुईको म्याद सकिएको एक हप्ताभन्दा बढी समयसम्म काम गर्छ । यसर्थ, समय गयो भनेर आत्तिनु हुँदैन । 

बेफाइदा
 संगिनी सुईका कारण अनियमित रक्तस्राव हुन सक्छ । यस्तो हुँदा रक्तअल्पतासमेत हुन सक्ने सम्भावना रहन्छ । 
 यो सुई लगाउँदैमा पूर्णतः ढुक्क हुन सकिँदैन । कहिलेकाहीँ गर्भ रहने सम्भावनासमेत रहन्छ । यसर्थ, बीचैमा महिनावारी रोकिएमा जाँच गराइहाल्नुपर्छ । 
 सुईमा राखिएको हर्मोनले कतिपय अवस्थामा काम नगर्ने भएकाले गर्भ रहन सक्छ ।
 लगातार संगिनी सुई लगाउँदा मोटाउने सम्भावना रहन्छ ।
 सुई लगाएको सुरु–सुरुमा हल्का रगत देखापर्ने समस्या हुन सक्छ । 
 संगिनी सुईले गर्भ रोके पनि यौनरोग सर्नबाट बचाउन सक्तैन ।