१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार ०९:३३:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्यकर्मीलाई उचित सुविधा दिन पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार ०९:३३:००

पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले विश्वभर नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणले महामारीको रूप लिइरहेका बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी खटिएका स्वास्थ्यकर्मीहरूलाई सरकारले उचित सुविधा दिनु पर्ने बताएका छन् । 

गुरुङले आफ्नो फेसबुक पेजमार्फत स्वास्थ्यकर्मीहरूलाई उचित सुविधा दिन सरकारसँग माग गरेका हुन् । ‘स्वास्थ्यकर्मीहरूले विगतको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा अधिकांश मानिस विस्थापित हुँदा पनि गाउँ–गाउँ पुगेर सेवा दिएका थिए,’ उनले लेखेका छन्, ‘आजको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर सेवामा खटिरहेका छन् ।’ उनले यस्तो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको पर्वाह नगरी सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

स्वास्थ्यकर्मीहरूले लिएको जोखिमलाई ध्यान दिँदै उनीहरूको बिमा, पर्याप्त भत्ता तथा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था गर्न पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङले माग गरे । त्यस्तै काममा खटिने स्वास्थ्यकर्मीलाई तनावरहित वातावारणमा काम गर्ने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेका माग गरेका छन् ।