समाचार
एक महिनादेखि बेपत्ता महिला अझै फेला परिनन्
Read Time : < 1 मिनेट
२०७५ माघ ९ बुधबार ०७:३७:००
ललितपुरको ठैबबाट एक महिनादेखि बेपत्ता ६४ वर्षीया जानुका गौतम अझै फेला परेकी छैनन् । प्रहरीका अनुसार उनी १२ पुसमा ठैबस्थित आफ्नै निवासबाट बेपत्ता भएकी थिइन् । छोरा जीवनका अनुसार उनको मानसिक अवस्था ठीक थिएन ।
लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकी उनी बिहान १० बजे घरबाट एकाएक बेपत्ता भएको जीवनले बताए । उनले भने, ‘बिहानको खाना खाएपछि एकाएक बेपत्ता हुनुभयो । कहाँ जानुभयो केही ठेगान छैन ।
प्रहरी कार्यलयमा पनि उजुरी गरिएको छ । तर, अहिलेसम्म केही पत्तो पाउन सकिएको छैन । हामीले पनि खोजी गरिरहेका छौँ ।’ जानुकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।