मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २१ शुक्रबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार

जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब–भत्ता विपत् कोषमा

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार २१:४१:००

जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब–भत्ता विपत् कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपत् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सबै जनप्रतिनिधि र कर्मचारीको तलब तथा भत्ताबाट विपत् कोषमा रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘देश संकटमा गुज्रिरहेको अवस्थामा सबैले आफ्नो तहबाट व्यक्तिगत रूपमा भए पनि सहयोग गर्नुपर्ने अवस्था आएकाले गाउँपालिकाले यस्तो निर्णय गरेका हो ।’

गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक एक सय २० जना र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ७२ जनाको एक–एक दिनको तलब–भत्ता विपत् कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । उनले पालिकाको विपत् कोषमा अहिले पाँच लाख रहेको भन्दै जनप्रतिनिधि र कर्मचारीको तलब भत्ताबाट पाँच लाख थपिने बताइन् ।

त्यस्तै गाउँपालिकाले मास्क, स्यानिटाइजर, साबुन तथा अत्यावश्यक औषधि खरिद गरेर वडाध्यक्षमार्फत हरेक नागरिकको घरदैलोमा पुऱ्याउन थालेको प्रवक्ता सन्तवीर रावतले बताए । उनले नौवटै वडाका वडाध्यक्षलाई सामग्री हस्तान्तरण गरिएको पनि जानकारी दिए । गाउँपालिकाले विभिन्न चार स्थानमा गरेर ५३ वटा क्वारेन्टाइन बेडसमेत निर्माण गरेको छ ।