Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका बागलुङ
२०७६ चैत २१ शुक्रबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसँग सांसद पौडेलको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बागलुङ
२०७६ चैत २१ शुक्रबार २१:२१:००

नेकपा स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारका लागि बाग्लुङमा खटिएका चिकित्सकसँग छलफल गरेका छन् । 

कोरोना संक्रमण देखिएका दुई महिलाको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विदेशबाट आएका उनीहरूमा कोरोना संक्रमण देखिएपछि जिल्लावासी सशंकित भएका छन् ।

शुक्रबार धौलागिरि अञ्चल अस्पताल बाग्लुङ पुगेर पौडेलले संक्रमित व्यक्तिको उपचारमा खटिएका चिकित्सकको प्रशंसा गर्दै अझ उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

पौडेलले उपचारका लागि चाहिने अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन पहल गर्ने आश्वासन पनि दिएका थिए ।