Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २१ शुक्रबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार

हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार २०:४३:००

जुम्लाको प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा खटिएका हिमा गाउँपालिकाका दुई र तिला गाउँपालिकाका दुईजना स्वास्थ्यकर्मी शुक्रबारदेखि क्वारेन्टाइनमा बसेका छन् । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

हिमा गाउँपालिकास्थित पाथरखोला स्वास्थ्य चौकीका हेल्थअसिस्टेन र अहेबलाई क्वारेन्टाइनमा राखिएको हो ।

त्यसैगरी तिला गाउँपालिकास्थित कुडारी स्वास्थ्य चौकी र जुम्लाकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । 

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो । 
नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यर्मीले लकडाउनकै समयमा करिब चार हजारभन्दा धेरै मानिसको कोरोना भाइरस संक्रमण स्क्रिनिङ गरेका थिए । जुम्ला प्रवेशद्वार नाग्म बसेर स्वास्थ्य परीक्षण गरेका सबै स्वास्थ्यकर्मीलाई जुम्लाको बसपार्कस्थित एक होटेलको क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।  


नाग्म हेल्थ डेस्कमा स्थानीय तहले एक–एक हप्ता स्वास्थ्यकर्मी परिवर्तन गर्ने र हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ ।