मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

‘सामान्य बिरामीलाई पनि रेफर गर्ने प्रवृत्ति बढ्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १८:४०:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले स्थानीय स्वास्थ्य संस्था, जिल्ला अस्पताल र क्षेत्रीय अस्पतालहरूमा सम्भव हुने उपचारका बिरामी पनि धमाधम प्रतिष्ठानमा रेफर भइरहेकाे बताएका छन् । 

कोरोना संक्रमणमा सजगता अपनाउन सरकारले जारी गरेको लकडाउनमा बिरामीमाथि इमोसनल अत्याचार हुन थालेको भन्दै प्रतिष्ठानका चिकित्सकले चिन्तासमेत व्यक्त गरेका छन् । जिल्ला अस्पतालमै उपचार सम्भव हुने बिरामीलाई समेत प्रतिष्ठानमा रेफर गर्दा बिरामीमाथि अन्याय र कोरोनाको जोखिम बढ्ने उनीहरूको भनाइ छ ।

प्रतिष्ठानको प्रसूति विभागमा अहिले दैनिक आठदेखि १० वटा शल्यक्रिया र ३० भन्दा बढी 'नर्मल केस' आइरहेको अस्पताल प्रशासनले जनाएको छ । सिराहा, सप्तरी, रौतहटबाट समेत सामान्य अवस्थाको बिरामी ल्याउँदा अस्पतालमा भिडभाड बढेको र कोरोनाको जोखिम बढेको भन्दै प्रतिष्ठान प्रशासनले चिन्ता व्यक्त गरेको छ ।