१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १७:५२:००
Read Time : < 1 मिनेट
विश्व

अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्या सात हजार पुग्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १७:५२:००

करिब दुई महिनाअगाडि इजिप्टमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अफ्रिका महादेशमा कोरोना संक्रमण देखिने पहिलो मुलुक नै इजिप्ट थियो । यो महादेशमा एक अर्ब दुई करोड मानिस बसोवास गर्छन् । 

अफ्रिका महादेशमा ५४ वटा देश छन् । यहाँका करिब सबै देशमा भाइरसको संक्रमण देखिएको छ । कोमरोस, लेसोथो, साओ तोम र प्रिन्सिपे तथा दक्षिणी सुडानले अझै रिपोर्ट गरेका छैनन् ।  

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो महादेश अफ्रिकामा दुई सय ४० जनाको भाइरस संक्रमणबाट ज्यान गएको छ । जसमा कंगोका पूर्वराष्ट्रपति र सोमालियाका पूर्वप्रधानमन्त्रीको पनि ज्यान गएको छ । 

अहिलेसम्म अफ्रिकामा सात हजार ८० जनामा संक्रमण देखिएको छ भने पाँच सय चारजना उपचारपछि निको भएका पनि छन् । 

धेरै अफ्रिकी देशमा कमजोर स्वास्थ्य प्रणालीका कारण महामारीको गम्भीर प्रकोप सामना गर्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । 

मार्चमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयससले अफ्रिकी मुलुकको नेतृत्वलाई गम्भीर भएर भाइरसविरुद्धको तयारीमा लाग्न सुझाब दिएका थिए ।

भाइरस फैलिएको सुरुवाती अवस्थामा अफ्रिकाका दुई देशमा भाइरसको संक्रमण देखिएको थियो, तर त्यसको ६ हप्ता पछि ४७ देशमा संक्रमण देखिएको थियो । अफ्रिकाका धेरै देशले विद्यालय तथा सीमा बन्द गरेका छन्, सार्वजनिक भेला रोकेका छन् । नाइजेरिया, रुवान्डालगायतका देशहरु लकडाउन गरिएका छन् ।