मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार

राजपाद्वारा अनियमितता गर्नेहरूमाथि कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १७:१२:००

चीनको एउटा कम्पनीसँग भएको औषधि किन्ने सम्झौता रद्द गरिएपछि राजपा नेपालले उक्त घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ । 

शुक्रबार राजपा नेपालका संयोजक शरत्सिह भण्डारीले विज्ञप्ति निकालेर कोराेनाको महामारीको वेला आर्थिक चलखेलको कुरा आउनु दु:खद भएको भन्दै औषधि किन्ने प्रक्रिया रद्द भएको घटनाको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् । 

त्यसैगरी राजपाले नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न पनि सरकारसँग माग गरेको छ । 

साथै राहत वितरण स्थानीय तहदेखि केन्द्रसम्म प्रभावकारी बनाउनुपर्नेमा राजपाले जोड दिएको छ । 

महामारी नियन्त्रणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै राजपाले सरकारलाई यस्तो अवस्थामा गम्भीर बन्न पनि ध्यानाकर्षण गराएको छ ।