मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार

हालसम्म १२ सय ७७ को नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १६:४७:००

कोरोना भाइरस संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १२ सय ७७ को नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर एक सय २० जनाकाे आइसाेलेसनमा राखेर उपचार भइरहेको पनि जानकारी दिए । 

जसमध्ये उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर एक सय पाँचजना रहेका छन् । 

कोरोनाको आशंकामा उपत्यकाबाहिर धरानमा ३९, हेटौँडामा पाँच, धनगढीमा चार, सुर्खेतमा सात, जनकपुरमा पाँच र पोखरामा १९ जनाको नमुना परीक्षण गरिएको देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजनामा निको भइसकेकाे छ । दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत छन् । 

अर्का एकजनाको धनगढीको सेती प्रादेशिक अस्पताल र अरू दुईजनाको बाग्लुङको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।