१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १६:३७:००
Read Time : < 1 मिनेट
विश्व

दोस्रोपटकको परीक्षणमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १६:३७:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण गरिएको छ । दोस्रो परीक्षणमा पनि  उनमा कोरोना संक्रमण नदेखिएको ह्वाइटहाउसले जनाएको छ । 

ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले पछिल्लोपटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ र तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए। राष्ट्रपति ट्रम्पसँग भेटेका ब्राजिलका एक अधिकारीलाई भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो । 

कोन्लेले राष्ट्रपति ट्रम्पको नमुना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको बताए । 

कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताएका छन्। यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरूलाई अरू बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सबैभन्दा खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।