मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २१ शुक्रबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार

विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीलाई पिपिई

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १४:०९:००

करोना भाइरस (कोभिड– १९) बाट जोगिन नेपाल विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रका फ्युज सेवा र मर्मत–सम्भारको काम गर्ने कर्मचारीलाई पिपिई दिइएको छ ।

मर्मतमा कुदिरहनुपर्ने भएकाले जोखिम हुन सक्ने भन्दै वितरण केन्द्रका १२ जना कर्मचारीलाई पिपिई दिइएको केन्द्र प्रमुख उमेशप्रसाद यादवले बताए । 

उनीहरूलाई पन्जा, चस्मा र एप्रोनसहितका पिपिई दिइएको हो । यता लहान वितरण केन्द्र र मिर्चैया वितरण केन्द्रका आकस्मिक (मर्मत र फ्युज) सेवाका कर्मचारीलाई पनि पिपिई वितरण गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण प्रदेश २ प्रादेशिक कार्यालय जनकपुरले उक्त सामग्री मातहतका केन्द्रहरूमा पठाएको छ । प्रदेश २ मा प्राधिकरणका २३ वटा वितरण केन्द्र रहेका छन् । सबै केन्द्रमा फ्युज र मर्मत शाखामा काम गर्ने कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै दुई सय ७६ थान पिपिई दिएको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोजकुमार सिंहले बताए ।