Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कसले प्रयोग गर्ने मास्क ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:४०:००

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न अनेकौँ उपाय र प्रयास भइरहेका छन् । जसमा मास्कको प्रयोग सबैभन्दा उपयोगी देखिएको छ । यसले गर्दा मानिसहरू जति नै मूल्यमा पनि मास्क खरिद गर्न राजी भएका छन् । 

स्वस्थ व्यक्तिका लागि पटकपटक साबुनपानीले हात धुनु र सामाजिक दूरी कायम गर्नु बढी प्रभावकारी हुन्छ । लकडाउनकै समयमा पनि मास्कभन्दा बढी सरसफाइलाई बढी ध्यान दिनु फाइदाजनक छ ।

कोरोनाको भय र मास्कको सर्वसुलभताले पनि यसको प्रयोगमा वृद्धि भएको हुन सक्छ । तर, विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले मास्कको प्रयोग हरेक व्यक्तिले गर्न नपर्ने बताएको छ । यद्यपि, माक्स मूलतः दीर्घरोगी, कोरोना संक्रमित तथा बिरामी वा संक्रमितलाई स्याहारसुसार गर्नेले प्रयोग गरे पुग्ने उसले उल्लेख गरेको छ। 

मास्क सबैले लगाउनैपर्छ भन्ने किन छैन ?

-सर्जिकल मास्क जुन एकपटकको प्रयोगपछि डिस्पोज गरिन्छ त्यसमा प्रयोग गरेको व्यक्तिको रालसिंगान हुन सक्छ । संक्रमण नभएका व्यक्तिले यसकारण पनि अनावश्यक रूपमा यस प्रकारको मास्क प्रयोग नगर्दै ठीक हुन्छ । 

-स्वस्थ व्यक्तिका लागि पटकपटक साबुनपानीले हात धुनु र सामाजिक दूरी कायम गर्नु बढी प्रभावकारी हुन्छ । लकडाउनकै समयमा पनि मास्कभन्दा बढी सरसफाइलाई बढी ध्यान दिनु फाइदाजनक छ । 

-कोरोना भाइरस खोक्दा वा हाच्छयुँ गर्दा सर्न गर्छ । सोहीअनुसार, यो भाइरस आँखा, नाक, मुखका माध्यबाट शरीरभित्र प्रवेश गर्छ । संक्रमितले मात्र मास्क प्रयोग गर्दा पनि यी भाइरसको रोकथाम हुन सक्छ । ‘होम क्वारेन्टाइन’मै पनि संक्रमित र हेरचाह गर्ने व्यक्तिले प्रयोग गरे पुग्छ भने स्वस्थ व्यक्तिले सोसल डिस्ट्यान्सलाई पालना गर्न सक्छन् । यसका साथै, मितव्ययिता पनि हुन्छ । स्वस्थ व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मास्कको जरुरत पर्दैन । 

कस्ता मास्क उपयुक्त ?

  • घरेलु प्रक्रियामा बन्ने कपडाका मास्कबाट सुरक्षित हुन सक्दैनन् । यसकारण पनि कपडाका मास्क प्रयोग उचित हुन्न । हस्पिटलमा तह र आवश्यकताअनुसारका विभिन्न मास्क हुन्छन् । एन–९५, एफएफपिई–३ जस्ता मास्कले हावालाई फिल्टर गर्ने कारण यी मास्क उपयुक्त हुन्छन् । 
  • यद्यपि, विज्ञहरूले यस्ता मास्क सार्वजनिक प्रयोगका लागि सुझाउँदैनन् । उनीहरूका अनुसार यस्ता मास्क कोरोना संक्रमितको उपचाररत खटिने स्वास्थकर्मीका लागि मात्र हुन् । स्वास्थकर्मीहरू बिरामीसँग प्रत्यक्ष सम्पर्कमा हुने कारण यस्ता मास्क प्रभावकारी हुन्छन् । यसबाहेक, कोरोनाका कम सम्भाव्यता र अप्रत्यक्ष सम्पर्कमा रहेकाले भने सर्जिकल मास्क नै प्रयोग गर्न सकिन्छ ।