मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दीर्घरोगीले अपनाउनुस् यस्ता सावधानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१९:००

कोरोना भाइरसले जसलाई पनि असर पार्न सक्छ । तर, पहिलादेखि नै स्वास्थ्यमा समस्या हुने व्यक्ति बढी खतरामा हुन्छन् । पाको उमेर र दीर्घकालीन रोगजस्तै मुटुको समस्या, सुगर, दमजस्ता बिरामी कोरोनाको उच्च जोखिममा हुन्छन् । केही व्यक्ति भाइरस लागेको केही दिनपछि नै सामान्य अवस्थामा फर्किन्छन् । तर, यो कतिपयमा खतरापूर्ण हुन सक्छ । खोकी लाग्नु, तापक्रम बढ्नु, श्वासप्रश्वासमा समस्या आदि लक्षण हुन् । 

दमका बिरामीले आफ्नो साथमा इनहेलर अनिवार्य बोकेर हिँड्नुपर्छ । यदि भइरहेको समस्या झन् बिग्रँदो अवस्थामा छ भने भाइरस लागेको हुन सक्छ। 

७० वर्ष नाघेका व्यक्ति कोभिड–१९ को उच्च जोखिममा हुन्छन् । चाहे उनीहरूमा कुनै दीर्घकालीन समस्या होस् या नहोस् । ७० वर्ष मुुनिकालाई दम र श्वासप्रस्वाससम्बन्धी समस्य, मुटु र मिर्गौलासम्बन्धी रोग, हेपटाइटिस, पार्किन्सन, सुगर र एचआइभी एड्स, उमेरभन्दा बढी तौल र गर्भवती अवस्थामा छ भने खतरा हुन्छ । 

रोकथामका उपाय

- दमका बिरामीले आफ्नो साथमा इनहेलर अनिवार्य बोकेर हिँड्नुपर्छ । यदि भइरहेको समस्या झन् बिग्रँदो अवस्थामा छ भने भाइरस लागेको हुन सक्छ । 

- सुगर भएका व्यक्तिलाई खोकी लाग्ने, शरीरको तापक्रम बढ्ने र सास फेर्न समस्या भएमा तुरुन्तै सुगर जाँच गराइहाल्नुपर्छ । एक हप्तासम्म घरमै बसेर सतर्कता अपनाउँदा पनि लक्षण हराएन भने चिकित्सकको सल्लाह लिनुपर्छ । 

- धुमपान गर्दा पनि कोरोना लाग्ला कि भन्ने केही व्यक्तिको जिज्ञासा छ । अत्यधिक मात्रामा चुरोट सेवन गर्नेले खतरा कम गर्नका लागि मात्रा घटाउनुपर्छ । यसै पनि धुमपान गर्नेलाई श्वासप्रश्वास र निमोनियाको खतरा हुन्छ । धुमपान नगर्दा कोरानाको लागि मात्र होइन स्वास्थका लागि सधैँ फाइदाजनक छ ।