मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कुन्ती मोक्तान
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
नयाँCity

लकडाउनमा सेलेब्रिटी : घरमा पूर्ण  सांगीतिक माहोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१९:००

लकडाउनको मेरो समय नितान्त पारिवारिक छ । तर, परिवारभित्रै सांगीतिक माहोलमा समय बिताइरहेका छौँ । घरबाहिर गएका छैनौँ, बाहिरको मानिसलाई पनि आउन दिएका छैनौँ । 

परिवारमा म, श्रीमान्, छोरीहरू सबैजना रियाज गरिरहेका छौँ । आफ्नो मात्र नभई अरू गायक–गायिकाका पनि गीतहरू सुन्ने र गाउने गरिरहेका छौँ । कोरोनाले त्रास दिएको छ । विश्वमा मृत्युको संख्या सुन्दा दुःख लाग्छ । सबैतिर ठप्प छ । तर, यस्तो वेलामा पनि आफैँले खुसी हुने र सकारात्मक मार्ग पहिल्याउनुपर्छ । तर, यतिवेला मोजमस्तीतिर लाग्ने होइन । लकडाउनको समयमा टन्न खाने र सुत्नेमा सीमित नभई शारीरिक तन्दुरुस्तीमा पनि ध्यान दिनु आवश्यक छ ।

यो संयम र अनुशासित हुनुपर्ने घडी हो । काम विशेषले बाहिर निस्किनुप¥यो भने पनि हातखुट्टा साबुनपानीले धुने, स्यानिटाइजर प्रयोग गर्ने, केही मिटरको दूरीमा बातचित गर्नेजस्ता सावधानी अपनाउनुपर्छ ।

कोरोना संक्रमणअघि मेरो नयाँ एल्बमको तयारी भइरहेको थियो । कोरोनाका कारण एल्बम लन्च पनि रोकिएको छ । तर, यो हामीलाई मात्र भएको होइन । संसार नै ठप्प छ । अब नियमहरू पूर्ण रूपमा पालना गरौँ र यो भाइरसलाई राम्रोसँग बिदाइ गरौँ । सबै मिलेर केही समय यो भाइरसको सामना गरौँ ।

वृद्धवृद्धालाई यसको जोखिम बढी देखिन्छ । त्यसैले हामीले पनि ज्येष्ठ सदस्यका नाताले घरमा अलि बढी सजगता अपनाएका छौँ । तर, अरू उमेर समूहलाई केही नहुने भन्ने छैन । त्यसकारण, सबैजना सचेत हुनुपर्छ । स–साना बालबालिकाको पनि उचित हेरचाहको समय छ । रोग प्रतिरोधात्मक क्षमतालाई यसले ध्वस्त पार्ने भएकाले स्वास्थ्यप्रति सबैजना गम्भीर र सचेत रहनु जरुरी छ ।