१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
नयाँCity

क्वारेन्टाइनमा डाक्टर, फुर्सदमा किताब लेख्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:१५:००

सरकारले लकडाउन घोषणा गरेदेखि घरमै छु । इमर्जेन्सी अवस्था आउँदा मात्र अस्पताल गएको हुन्छु । यसबीचमा दुईपटक अत्यावश्यक सेवामा सहभागी भएँ । त्यसबाहेक मेरा नियमित बिरामीलाई फोनबाटै परामर्श गरिरहेको हुन्छु । बिरामीसँग प्रत्यक्ष सम्पर्कमा छैन । फलोअप भएका र औषधि सकिएका बिरामी नियमित सम्पर्कमा हुनुहुन्छ ।

लेखपढ गर्ने थुप्रै काम बाँकी थिए । हिजोआज स्वास्थ्यसम्बन्धी किताब लेखनमा बढी सक्रिय भएको छु । पुस्तक लेख्ने काम ५० प्रतिशतजति सकियो । यो लकडाउनमा बिहानदेखि रातिसम्म लेखपढ गरेरै अधिकांश समय बितेको छ । फुर्सदमा साथीभाइसँग भिडियोमार्फत सम्पर्कमा हुन्छु । पढाइमा पनि रुचि छ । अहिले युग पाठकको ‘माङ्गेना’ पढ्दै छु । उपन्यास खासै पढ्न रुचाउँदिनँ । समसामयिक विषयवस्तुलाई समेटेर लेखिएका पुस्तक पढ्न मन पर्छ ।

त्यसबाहेक आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि पनि समय दिन पाएको छु । पहिला धेरै व्यस्त भइन्थ्यो । अहिले कामको प्रेसर धेरै नभएकाले राति समयमै सुत्न पाएको छु । बिहान सबेरै उठेर व्यायाम र प्राणायाम गर्छु । घरमै भएको हुनाले खानामा पनि संयमित हुन पाइएको छ । काम गर्दा धेरै डाइट चाहिन्थ्यो । अहिले थोरै डाइटले पनि पुग्छ । त्यसले गर्दा आहारमा संयमित भएको छु । आमासँग समय बिताउन पाउनु, स्वच्छ वातावरणमा बस्न पाउनु मेरा लागि लकडाउनको सकारात्मक पक्ष हुन् ।