मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन बिष्ट कञ्चनपुर
२०७६ चैत २० बिहीबार २१:१९:००
Read Time : < 1 मिनेट
समाचार

महाकालीमा एक युवक बेपत्ता

Read Time : < 1 मिनेट
मोहन बिष्ट कञ्चनपुर
२०७६ चैत २० बिहीबार २१:१९:००

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । बिहीबार साँझ ७ बजेतिर भीमदत्त नगरपालिकाबाट पौडेर चाँदनीतर्फ आउन लागेका उनी नदीमा डुबेर बेपत्ता भएको स्थानीय एवं नेकपा महाकाली नगरका नेता भरत भट्टले बताए ।

‘उनी वारिबाट कपडा खोलेर पारि जान खोज्दै थिए,’ भट्टले भने, ‘स्थानीयले पानी बढेको छ नजाऊ भन्दाभन्दै पनि उनी नदीमा हाम्फालेका थिए ।’ नदीको बीचतिर पुगेपछि उनी बेपत्ता भएको भट्टको भनाइ छ ।

लकडाउनका कारण भीमदत्त र महाकाली नगरपालिका जोड्ने एसियाकै दोस्रो लामो झोलुंगे पुलमा आवत–जावतमा रोक लगाइएको छ । भीमदत्त नगरपालिकाबाट महाकाली नगरपालिका जान खोजिरहेका ती युवकको पहिचान भएको छैन । युवकको खोजीकार्यमा सशस्त्र र जनपद प्रहरी परिचालन भएको छ ।