१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०६:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुन कसरी तामा भयो ?

प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०६:२६:००

सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार स्पष्टीकरण लिएको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङले तीन साताअघि तीनजनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको थियो ।

परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको थियो । तर, बरामद गरिएको सुन नै भएको र पछि चलखेल भएको आशंका गरिएको छ । सुन भनेर बुझाएको धातु अन्य भएको खुलेपछि साटफेर भएको आशंका राजस्व अनुसन्धान विभागका अधिकारीले नै गरेका छन् । यससम्बन्धी समाचार मंगलबार नयाँ पत्रिकामा प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको हो । 

प्रदेश ३ का डिआइजी दीपककुमार थापा भने प्रहरीको कुनै कमीकमजोरी नभएको बताउँछन् । ‘वडाअध्यक्षकै रोहबरमा हामीले मुचुल्का गरेका हौंँ,’ उनले भने, ‘धातु ठ्याक्कै सुनजस्तै देखिएकाले हामीले सुन भनेर सार्वजनिक गरेका हौँ ।’ सुन भनेर अरूलाई झुक्याएर बेच्न लागेको खुलेपछि तीनैजनालाई ठगी मुद्दामा कारबाही अघि बढाएको थापाले बताए । सुरुमा अभियुक्तले केही नबोलेको र ल्याब रिपोर्ट आइसकेपछि मात्र नक्कली भएको बताएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेलले बताए । 

प्रहरीले धादिङको गजुरीबाट १९ पुसमा बा.८७प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङको साथबाट सुन बरामद गरेका थिए ।