१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार १५:४२:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना नियन्त्रण कोषमा निगमकाे ५० करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार १५:४२:००

सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम तथा नियन्त्रण कोष’मा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । 

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोषमा उक्त रकम सहयोग गरेको जनाएको हो । 

राष्ट्रिय विपत्तिको समयमा नेपाल सरकारलाई सहयोग गर्ने निगमको दायित्व भएकाले उक्त सहयोग गरिएको निगमले जनाएको छ । 

सरकारले समेत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरेकाले निगम सञ्चालक समितिको बुधबार बसेको बैठकबाट ५० करोड रुपैयाँ कोषलाई सहयोग गर्ने निर्णय गरिएको निगमले जनाएको छ । 

बिहीबार उक्त रकमबराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमले जानकारी दिएको छ ।