मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ चैत २० बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागरिकको समस्या सुन्न कांग्रेस नेता प्रकाशमान सिंह घरघरमा

Read Time : < 1 मिनेट
रमेश दवाडी, काठमाडौं
२०७६ चैत २० बिहीबार १५:२६:००

कांग्रेस नेता प्रकाशमान सिंहले आम नागरिकको घरघरमै पुगेर समस्या बुझेका छन् । कोभिड–१९ का कारण लकडाउनको पालना गरिरहेका नागरिकको समस्या बुझ्न आफू टोल–टोलमा पुगेको नेता सिंहले जानकारी दिए । बिहीबार नयाँ पत्रिकासँग फोनमा कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

 जनताको प्रतिक्रया : विपन्न मारमा परे
सामाजिक दुरी कायम गर्दै नागरिकको कुरा सुनेका नेता सिंहले विपन्न तथा सुकुम्वासी परिवारको जनताले चिन्ता गरेको सुनाए । जनताको भनाई उद्धृत गर्दे नेता सिंहले भने, ‘नागरिकका समस्या बुझ्ने क्रममा जनताले ‘विहान–बेलुका काम गरेर गुजारा गर्नुपर्ने मानिसहरूलाई लकडाउनले मुस्किल पारेको छ । यसमा सरकारले गर्नुपर्ने काम त्यत्ति प्रभावकारी छैन । सञ्चारमाध्यमबाट ‘फुकी’ रहेको छ, काम कम भइरेको छ ।’

सरकारको कामप्रति जनता असन्तुष्टि
'कोरोना भाइरसको माहामारी भइरहेको अवस्थामा परीक्षण नगरेसम्म संक्रमित पत्ता लाग्दैन । सरकारले अहिलेसमम्म पाँच जनामा संक्रमित भएको जनाए पनि जनताले त्यो पत्याएका छैनन् । जनताले पर्याप्त परीक्षण सामग्रीको अभावमा कोरोना संक्रमित पुष्टि नभएको बताएका छन् । यसमा जनताले शंका गरेका छन्,' नेता सिंहले भने । 

कोरोना परिक्षणका लागि चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमा सरकारले भ्रष्टाचार गरेको कुरामा पनि जनताले सरकारले गर्नै नहुने काम गरेको भन्दै असन्तुष्टि जनाएको सिंहले बताए । उनले भने, ‘कोरोना परीक्षण गर्न चीनबाट ल्याइएको डेढ अर्बको स्वास्थ्य सामग्रीमा सरकारले भ्रष्टाचार गरेको कुराले जनता पीडित भएका छन् । सरकारले गर्न नहुने काम गर्‍यो भनेका छन् । कोरोना भाइरसको यति ठूलो माहामारीको बेलामा सरकारले खेलबाड गर्ने ? के गरिरहेको हो भन्छन् ।’

काठमाडौंका डिल्लीबजार, बानेश्वर, भोटाहिटी लगायतका ठाउँमा पुगेर स्थानीयका समस्याका बारेमा जानकारी लिएको पनि उनले बताए । नेता सिंहले सो क्षेत्रका विपन्न तथा सुकुम्वासी परिवारलाई राहत समेत वितरण गरेका छन् ।