मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवदिप अजनवी
२०७५ माघ ८ मंगलबार २०:५५:००
Read Time : < 1 मिनेट
समाचार

छोरी बेचेको आरोपमा बुवासहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नवदिप अजनवी
२०७५ माघ ८ मंगलबार २०:५५:००

नुवाकोटमा छोरी बेचेको आरोपमा प्रहरीले बाबुसहित तीन जनालाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका, ६ समुद्रटारकी १५ वर्षीय बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्‍याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको मगरले जानकारी दिए । प्रहरीले  उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।