मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २० बिहीबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार

पोर्चुगलबाट फर्केपछि ज्वरोले थलिएका युवामा कोरोना संक्रमण नभएकाे पुष्टि

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १२:२६:००

पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्टमा संक्रमण नभएको पाइएको छ ।

विदेशबाट घर आएको करिब दुई हप्तापछि रुघाखोकी र ज्वरो आएर धनकुटा नगरपालिका–८ का ३५ वर्षीय ती युवक गत सोमबार धनकुटा अस्पताल उपचारका लागि भर्ना भएका थिए । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र काठमाडौंको टेकुमा स्वाब परीक्षण गर्दा काेराेना नदेखिएकाे धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्माले जानकारी दिए ।

युवक विदेशबाट आएको दुई हप्तापछि उनीसहित उनको परिवारका केही सदस्य पनि बिरामी भएपछि उनलाई धनकुटा अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । 

उनको परिवारलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा राखिएको थियो । केही समय ढिलो गरी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको पनि धनकुटा अस्पतालले जनाएको छ । 

वैदेशिक रोजगारीबाट आएका जिल्लाका अन्य ४९ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले बताए । 

उनीहरूलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिएको छ ।