मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २० बिहीबार १२:१०:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमितको उपचारमा स्वेच्छाले खटिए हजारौँ अवकाशप्राप्त डाक्टर र विद्यार्थी

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १२:१०:००

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि त्योसँगै उपचार एवं स्वास्थ्य हेरचाहका लागि स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ ।

विश्वका सबै देशका स्वास्थ्यकर्मी आफ्नो ज्यानको पर्वाह नगरी संक्रमितको उपचार गर्न समर्पित भएका छन् । यति मात्र हाेइन कतिपय सेवानिवृत्त अथवा अवकाशप्राप्त ६० वर्ष नाघेका स्वास्थ्यकर्मीहरू समेत कोरोना भाइरसबाट संक्रमित हुनेहरूको उपचार गर्न अस्पतालमा फर्किएका छन् । चिकित्सा शिक्षा अध्यननका क्रममा रहेका हजारौँ विद्यार्थीसमेत अस्पतालमा आफूखुसी खटिएका छन् ।

अमेरिकाको न्युयाेर्कमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रूपले बढेसँगै त्यहाँ अवकाश पाउने क्रममा रहेका र अवकाश पाइसकेका स्वास्थ्यकर्मी आफूखुसी उपचार एवं स्वास्थ्य हेरचाहका लागि खटिएका छन् ।

कोरोना भाइरसबाट गम्भीर समस्या देखिने धेरैजसो मानिस बढी उमेर समूहका देखिएको छ । तर, ६० वर्ष नाघेका ती स्वास्थ्यकर्मी भने विश्व संकटमा रहेका वेला आफ्नो ज्यानको पर्वाह नगरी स्वयंसेवकका रूपमा अस्पाताल फर्किएका हुन् ।

त्यस्तै चिकित्सा शिक्षा पढाइकै बीचमा रहेका हजारौँ विद्यार्थी पनि अस्पतालमा स्वयंसेवकका रूपमा  संक्रमितको उपचार गर्न खटिएका छन् । बयस्क उमेर समूहका विद्यार्थी पनि बिरामीका लागि समर्पित भएका हुन् ।

न्युयाेर्कमा भोलेन्टियर अर्थात् स्वयंसेवकका रूपमा काम गर्न मात्रै ५२ हजार स्वास्थ्य पेसेवरहरू खटिएका छन् । यसमा विद्यार्थी र अवकाशप्राप्तहरू उल्लेख्य संख्यामा रहेका छन् । मनोविद्हरू मात्रै पनि आठ हजारभन्दा बढी खटिएका छन् ।

त्यस्तै बेलायत, इटालीलगायतका थुप्रै देशमा समेत यसरी सेवा गर्न कैयौँ स्वास्थ्य पेसेवर खटिएका छन् । कोलोराडोकी ७१ वर्षीया अवकाशप्राप्त डाक्टर क्यार्थी होवर्डसमेत अस्पतालमा सेवा गर्न फर्किएकी छिन् ।

यसक्रममा बेलायतमा एक ६८ वर्षीय अवकाशप्राप्त डाक्टर अल्फा साड्डुको निधन भएको छ । बेलायतको हर्डफोर्डशायरस्थित एक अस्पतालमा स्वयंसेवकका रूपमा काम गर्न आएका उनको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको हो । (एजेन्सी)