Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन, यो मौसमी फ्लुको समय हो

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:४१:००

डा.प्रकाश पौड्याल, जनरल फिजिसियन, नेपाल नेसनल अस्पताल

इन्फ्लुएन्जा एच–३ एन–२, एच–१ एन–१ तथा इन्फ्लुएन्जा बी फ्लु भाइरस यसअघि नेपालमा देखापरिसकेकाले सजग हुन आवश्यक छ । यस्ता फ्लुबाट सबैभन्दा बढी श्वासप्रश्वास र दमका बिरामी प्रभावित हुने गर्छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर फैलिएसँगै आममानिसमा डर पैदा भएको छ । कोभिड–१९ संक्रमणको शंकामा उपचारका लागि अस्पताल आउनेको संख्या बढेको छ । कोभिड–१९ र अन्य फ्लु (मौसमी रुघाखोकी)का लक्षण उस्ताउस्तै हुने भएकाले मानिसहरू आत्तिएर अस्पताल आउने गरेका छन् । सामान्यतया, मार्च र अप्रिल महिनामा मौसमी रुघाखोकी सधैँ देखिने गर्छ । यसर्थ, रुघाखोकी लाग्दैमा र सामान्य ज्वरो आउँदैमा कोरोनाको आंशका गरेर आत्तिनुपर्दैन । 

यसरी छुट्टिन्छ सामान्य फ्लु र कोरोना संक्रमण 

- कोरोना भाइरस र अन्य फ्लुका लक्षण मिल्दोजुल्दो हुने भएकाले मानिसमा आशंका हुनु स्वाभाविक हो । कहिलेकाहीँ सामान्य फ्लु भनेर सावधानी नअपनाउँदा जोखिमसमेत हुने भएकाले स्वास्थ्यप्रति सचेत हुन उत्तिकै आवश्यक छ । 

सामान्यतया, मार्च र अप्रिल महिनामा मौसमी रुघाखोकी सधैँ देखिने गर्छ । यसर्थ, रुघाखोकी लाग्दैमा र सामान्य ज्वरो आउँदैमा कोरोनाको आंशका गरेर आत्तिहाल्नु पर्दैन । 

- ज्वरो ९९ डिग्रीभन्दा कम हुनु, सामान्य रुघाखोकी लाग्नु फ्लुका लक्षण हुन् । यस्ता लक्षण देखिएमा आराम गर्ने, पानी तथा झोलिलो खानेकुरा प्रशस्त खाने, सामान्य एन्टिएलर्जिक औषधि सेवन गर्ने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ । 

- एक्कासि उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वास तथा छातीमा समस्या देखिने, स्वादमा फरकपन आउनेजस्ता लक्षण कोरोना भाइरस संक्रमणका हुन् । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल गएर वा चिकित्सकसँग सल्लाह लिएर घरमै पनि उपचार गर्नुपर्ने हुन्छ । 

- मौसम परिवर्तनसँगै विभिन्न भाइरल इन्फेक्सनको सम्भावना रहन्छ । सामान्यतया, प्रतिरोधी क्षमता कम भएका व्यक्ति जस्तै, दीर्घरोगी, बालबालिका, सुत्केरी र वृद्धवृद्धा फ्लुबाट छिटो प्रभावित हुने भएकाले सावधानी अपनाउन जरुरी हुन्छ । 

फ्लु कति घातक ?

- हरेकजसो सिजनमा फ्लुको जिनमा परिवर्तन हुने भएकाले मौसमी फ्लु कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । तर, मौसम परिवर्तनसँगै भाइरल इन्फेक्सन फैलिने सम्भावना पनि उत्तिकै रहन्छ । 

- इन्फ्लुएन्जा एच–३ एन–२, एच–१ एन–१ तथा इन्फ्लुएन्जा बी फ्लु भाइरस यसअघि नेपालमा देखापरिसकेकाले सजग हुन आवश्यक छ । यस्ता फ्लुबाट सबैभन्दा बढी श्वासप्रश्वास तथा दमका बिरामी र दीर्घरोगी बढी प्रभावित हुने गर्छन् । यस्ता बिरामीमा रुघाखोकीजस्ता लक्षण देखिएमा अनिवार्य चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । 

यस्तो सावधानी 

- मौसमी रुघाखोकी लाग्दा सामान्यतया बिरामीको प्रतिरोधी क्षमता कम हुन्छ । यस्तोवेला अस्पताल जाँदा झनै संक्रमण फैलिन सक्ने भएकाले लक्षणका आधारमा फोनबाटै चिकित्सकको सल्लाह लिन सकिन्छ ।

- भिडभाडमा जाँदा संक्रमण फैलिन सक्ने भन्दै अस्पतालहरूले इर्मेन्जेन्सीबाहेकका अन्य बिरामीलाई फोनबाटै परामर्श लिन आग्रह गरेका छन् । योसँगै अस्पतालहरूले आफ्ना हटलाइन नम्बर र चिकित्सकहरूको नम्बरसमेत उपलब्ध गराएका छन् । तसर्थ, सामान्य रुघाखोकी लाग्दा वा ज्वरो आउँदा सावधानी अपनाउन जरुरी हुन्छ ।