मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुरज वैद्य, संयोजक, नेपाल भ्रमण वर्ष २०२०
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १०:५६:००
Read Time : > 1 मिनेट
नयाँCity

घरबाटै भ्रमण वर्ष सचिवालयको काम सल्टाउँदै छु : सुरज वैद्य

लकडाउनमा उद्यमी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १०:५६:००

कोरोना भाइरसको संक्रमण (कोभिड–१९) देखिएपछि मुलुक लकडाउनमा छ । सम्पूर्ण विश्व नै अहिले कोभिड–१९ बाट आक्रान्त छ । यसबाट सामाजिक दूरी कायम राख्नुको विकल्प छैन । त्यसैले मैले पनि लकडाउनको पूर्ण पालना गरिरहेको छु । पछिल्लो नौ दिनदेखि घरमै सेल्फ क्वारेन्टाइन बसिरहेको छु । अरू दिन चाहेर पनि परिवारलाई समय दिन भ्याउँदिनथेँ । परिवार पनि आफ्नै काममा व्यस्त रहन्थ्यो । अहिले परिवारका सबै सदस्य घरमै छौँ । लकडाउन भएपछि परिवारलाई समय दिन पाइएको छ ।

घरमा सानो अफिस छ । त्यहीँ बसेर काम गर्छु । वैशाखमा सचिवालय पनि विघटन गर्ने भनिएको छ । सचिवालय विघटन हुने भएपछि सबै काम सल्टाउनुपर्नेछ ।

रमा सानो अफिस छ । त्यहीँ बसेर काम गर्छु । भ्रमण वर्ष २०२० को संयोजक पनि भएकाले काम छाड्न सकिने अवस्था छैन । तर, सरकारले घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । कसैलाई फोन गर्नेबित्तिकै रिङ ब्याकटोनमा पनि घरबाट बाहिर ननिस्किन भन्छ । अनि कसरी निस्कनु । फेरि सरकारले घरबाहिर ननिस्कन भनेको पनि हाम्रै लागि हो । टिभी हेर्छु । एकछिन सामाजिक सञ्जालतिर भुल्छु । मनोरञ्जनका लागि फिल्म हेर्छु । अनलाइन र पत्रपत्रिकाबाट सूचना लिन्छु ।

भ्रमण वर्ष सफल बनाउन कस्सिएर लागेका थियौँ । यहीबीचमा विश्वलाई कोभिड–१९ ले आक्रान्त बनायो । नेपालमा विदेशी पर्यटक भित्र्याउन सक्ने वातावरण नै रहेन । कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने यकिन गर्न सकिँदैन । 

यही अनिश्चितताबीच सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । वैशाखमा सचिवालय पनि विघटन गर्ने भनिएको छ । सचिवालय विघटन हुने भएपछि सबै काम सल्टाउनुपर्नेछ । भ्रमण वर्षको तयारी र प्रचारप्रसारमा केही खर्च पनि भएको छ । कतिलाई अझै भुक्तानी दिन बाँकी छ । त्यसका लागि चेकहरू बनाउनु छ । सचिवालयको रिपोर्ट तयार गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौं । यी सबै काम घरबाटै सम्पन्न गर्न सम्भव छैन । अफिस पुगेर सामाजिक दूरी कायम गर्दै काम गर्नुपर्ने अवस्था छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । संख्या महत्वपूर्ण होइन । भ्रमण वर्षमार्फत रोजगारी सिर्जना महत्वपूर्ण कुरा हो । बिदेसिएका युवालाई स्वदेश फर्काउन पनि रोजगारी सिर्जना नै मुख्य पक्ष हो । किनकि, उनीहरूलाई स्वदेशमै भविष्य छ भन्ने आशा जगाउन सक्नुपर्ने थियो । त्यसैले भ्रमण वर्षका अवसरमा नयाँ लगानी भित्र्याउँदै नयाँ गन्तव्यहरूको विकास र त्यसमार्फत रोजगारी सिर्जनाको प्रयास गरिरहेका थियौँ । कोभिड–१९ का कारण ती सबै काम सम्पन्न गर्न नसकिएकामा दुःख लागेको छ । तैपनि, आशावादी बनौँ, अवसर फेरि पनि आउनेछ ।