मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १९ बुधबार २१:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना संक्रमित किशोरीको परिवारका चारजनामा संक्रमण नरहेको पुष्टि

स्वाब परीक्षणका लागि पठाइएका अन्य सात जनाको भने रिपोर्ट आउन बाँकी 

Read Time : < 1 मिनेट
२०७६ चैत १९ बुधबार २१:०२:००

गत शनिबार कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी एक किशोरीको परिवारका  चारैजनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ ।

गत सोमबार उनको परिवारका सातजना सदस्यसहित ११ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । उनीहरूमध्ये परिवारका चारजनाको बुधबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

स्वास्थ्य कार्यालय र धौलागिरि अञ्चल अस्पताल बाग्लुङले संक्रमित किशोरी, उनका परिवार र  उनीसँगै यात्रा गरेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । परीक्षणका लागि पठाइएकामध्ये संक्रमित किशोरीका हजुरबुबा, बुबा, मावलीतर्फका दाइ र दिदीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्रमुख गुरौले बताए ।

गुरौका अनुसार संक्रमण पुष्टि भएकी किशोरीको दोस्रोपटक स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । किशोरी र बाँकी ६ जनाको स्वाब परीक्षण हुन भने बाँकी रहेको र बिहीबारसम्ममा रिपोर्ट आउने सम्भावना रहेको उनले बताए ।


किशोरीको भने स्वास्थ्यमा सुधार आएको छ । उनमा खानाको रुचि बढेको र मनोबल पनि उच्च रहेकाले दोस्रोपटकको रिपोर्ट नेगेटिभ आउनेमा चिकित्सकहरू आशावादी रहेका छन् ।