जुम्लामा संक्रमणको आशंका गरिएकामा भेटिएन कोरोना संक्रमण
जुम्लामा कोरोना संक्रमण भएको आशंका गरिएका चारैजनामा कोरोना संक्रमण नभएको पुष्टि भएकाे छ । नमुना परीक्षणका लागि काठमाडौं पठाइएकोमा रिपोर्टमा काेराेना नभएकाे पुष्टि भएकाे हाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावलले चारैजनामा संक्रमण नभएको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडाैंबाट आएको जानकारी दिए ।
प्रतिष्ठानले तीन दिनअघि कोरोनाको लक्षणको आशंकामा एक सातादेखि अस्पतालको आइसोलेसनमा भर्ना भएका दुईजना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एक–एकजना गरी चारजनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
काेराेना संक्रमणा नभएकाले बिरामीलाई काउन्सिलिङ गरेर घर पठाइने निर्देशक डा. रावलले बताए ।