Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जनकपुर
२०७६ चैत १९ बुधबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार

बिरामी जाँच नगर्ने डाक्टर र अस्पतालमाथि कारबाही गर्ने मुख्यमन्त्री राउतको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जनकपुर
२०७६ चैत १९ बुधबार ११:०३:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोनाले उत्पन्न गरेको संकटका वेला सर्वसाधारणको उपचार नगर्ने डाक्टर र बिरामी भर्ना नगर्ने अस्पताललाई कडा कारबाही गर्ने बताएका छन् । 

कोरोना भाइरसको रोकथाम तथा त्यसबाट संक्रमितलाई उपचारलगायतका विषयमा प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । 

उनले अहिलेको संकटका वेला अझ सशक्त भएर काम गर्नुपर्ने डाक्टर र अस्पतालले आ–आफ्नो भूमिका निर्वाह नगरे कडाभन्दा कडा कारबाही गर्ने बताए । उनले प्रदेशभित्रका अस्पतालहरूले बिरामीको उपचार नगरी बिरामी फर्काएमा उनीहरूमाथि हदैसम्मको कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । 

उनले प्रदेशभित्र अस्पताल सञ्चालन गर्ने हो भने संकटका वेला आफ्नो दायित्व निर्वाह गर्न अस्पतालहरूलाई सुझाब दिए । 

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूले बिरामीको उपचारमा अस्वीकार गरेको पाइए र अन्य डाक्टरले पनि बिरामीको उपचार गर्न अस्वीकार गरेमा उनीहरूको प्रमाणपत्र खारेज गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने मुख्यमन्त्री राउतको भनाइ छ । 

उनले अप्ठ्यारो परेका वेला राज्यलाई र नागरिकलाई सहयोग नगर्ने डाक्टरको पहिचान गरिरहेको र उनीहरूमाथि हदैसम्मको कारबाही हुने बताए । 

उनले निजी अस्पतालहरूले राज्यबाट करोडौँ रुपैयाँको छुट लिने, तर संकटका वेला भाग्ने हो भने ती अस्पतालमाथि निर्ममतापूर्वक कारबाही गरिने चेतावनी दिए ।