मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १९ बुधबार ०७:००:००
Read Time : < 1 मिनेट
सप्तरंग

लकडाउनको पूर्ण पालना गरिरहेको छु : शिव परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १९ बुधबार ०७:००:००

संसारभर कोरोना भाइरसले आक्रान्त बनाएको छ । अहिलेसम्म यसको सफल उपचार गर्न सक्ने कुनै भ्याक्सिन पनि आइसकेको छैन । त्यसैले घरबाट बाहिर ननिस्किने, अन्य मान्छेको सम्पर्कमा नजाने नै यसबाट बच्ने उपाय हो । यसले नै वायुमण्डल र हाम्रो समाजमा छरिएको भाइरसलाई हामी पराजित गर्न सक्छौँ भन्ने मान्यताअनुरूप नेपालमा पनि लकडाउन सुरक्षा विधि अपनाइएको हो ।

छोरी सुहाना पनि संगीतमा रमाउँछिन् । मैले पियानो बजाएको देखेरै उनी पनि बजाउन थाल्छिन् ।

म लकडाउनको पूर्ण रूपमा पालना गरिरहेको छु । परिवारको साथमा घरैमा छु, बाहिर निस्केको छैन । अमेरिकाबाट फर्केलगत्तै नयाँ वर्षमा एउटा गीत रिलिज गर्ने तयारी थालेको थिएँ । तर, कोरोना संक्रमण र लकडाउनका कारण स्थगित भयो । सबैभन्दा पहिलो जीवन हो । त्यो काम पछि पनि गर्न सकिन्छ ।

अहिले घरैमा बसेर क्लासिकल कोर्सहरूलाई समय दिइरहेको छु । खाना खाने र दुई घन्टा आराम गर्ने समयबाहेक म संगीतमै छु । रियाज र अभ्यास गरिरहेको छु । केही कुरामा अभ्यस्त हुन जानियो भने यस्तो दिक्कलाग्दो अवस्थामा पनि समय कटाउने मेलो हुँदो रहेछ । नयाँ गीत गाउने, नयाँ संगीत भर्नेजस्तो ह्याप्पी मुड नआए पनि लकडाउनको समयमा संगीतबाट टाढा छैन । छोरी सुहाना पनि संगीतमा रमाउँछिन् । मैले पियानो बजाएको देखेरै उनी पनि बजाउन थाल्छिन् । उनीसँगै समय बिताउन पाइरहेको छु ।

दैनिक सेटअप र पुसअपलाई निरन्तरता दिएको छु । स्वास्थ्यमा सचेत मान्छे हुँ । बालबालिकालाई पनि संगीत दिमाग फ्रेस बनाउने माध्यम हुन सक्छ । छोरीबाट त्यही कुरा थाहा पाइरहेको छु यतिवेला ।