Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
लकडाउनको समयमा मंगलबार पशुपति क्षेत्रमा बाँदरलाई खानेकुरा दिँदै स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठलगायत । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा जनावरका साथी : परेवादेखि बाँदरलाई दैनिक आहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:२४:००

कोरोना नियन्त्रणका लागि लागू गरिएको लामो लकडाउनले मान्छे मात्र होइन जनावर र पंक्षीसमेत समस्यामा छन् । सर्वसाधारण घरभित्रै भएपछि उनीहरूले पनि खान पाएका छैनन् । 

सार्वजनिक क्षेत्रका यस्ता जनावर र पंक्षीलाई काठमाडौंमा केही युवाहरूले नियमित आहार खुवाउन थालेका छन् । जनावरको क्षेत्रमा काम गर्दै आएको संस्था स्नेहाज् केयरमार्फत मात्र आहार खुवाउँदै आएको हो । बाँदर, सडकका कुकुर, गाई तथा परेवालाई संस्थाले आहार खुवाउने गरेको छ ।

‘लकडाउनको अवस्थामा जनावरहरू भोकभोकै मर्ने अवस्था आयो, कसैले यसतर्फ ध्यान दिएन,’ संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठ भन्छिन्, ‘हामीले लकडाउन भएको पहिलो दिनदेखि नै खुवाउँदै आएका छौँ ।’ संस्थाले जनावरलाई खुवाउन दुईवटा टोली बनाएर खटाउने गरेको छ । एउटा टोलीले भैँसेपाटीबाट कलंकी हुँदै पशुपतिसम्म र अर्काेले कोटेश्वरदेखि पशुपतिसम्म जनावरलाई खुवाउने गरिएको छ । चक्रपथ क्षेत्रमा भेटिएका सबै कुकुर तथा गाईलाई आहार दिने गरिएको श्रेष्ठले बताइन् । 

त्यस्तै, पशुपति र त्रिपुरेश्वरका बाँदरलाई पनि संस्थाले दैनिक आहार खुवाउँदै आएको छ । यसरी जनावरलाई खाना खुवाउँदा रोगसम्बन्धी पूर्ण सतर्कता अपनाइएको श्रेष्ठ बताउँछिन् ।  

संस्थाले दैनिक ५० केजी आलु र भिजाएको चना जनावरलाई खुवाउने गरेको छ । त्यस्तै, फर्सी र भात पनि खुवाउने गरेको उनले बताइन् । संस्थाले दैनिक करिब तीन सय सडक कुकुरलाई खाना खुलाउने गरेको छ । ‘दुःखको कुरा यतिवेला जनावरका बारेमा कुनै पनि सरकारी निकायले केही गरेको छैन,’ उनी भन्छिन्, ‘हामीले व्यक्तिगत पहलमा जनावरलाई बचाउने प्रयास गरेका छौँ ।’